आइतबार सार्वजनिक बिदा

२४ आश्विन २०७६, शुक्रबार १२:२९

काठमाडौं , चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ । संघीय सरकारले सीको स्वागतमा देशभर बिदाको घोषणा गरेको हो ।
बिहिबारको मन्त्रिपरिषद् बैठकमा गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन प्रस्ताव लगेको थियो । मन्त्रिपरिषद् बैठकले गृहको प्रस्ताव पारित गर्दै आइतबार सार्वजनिक छुट्टी दिने निर्णय गरेको छ ।

चिनियाँ राष्ट्रपति सी शनिबार दुईदिने राजकीय भ्रमणका लागि नेपाल आउँदैछन् । सीको यो पहिलो राजकिय भ्रमण हो ।