आँखा सम्बन्धी हरेक समस्याको समाधान अब अम्बामा, यस्ता छन् फाइदाहरु

२० माघ २०७६, सोमबार १३:१४


काठमाडौँ , नेपालको धेरैजसो स्थानमा सजिलै पाइने फलफुल हो अम्वा । अम्वा नेपालको धेरै स्थानमा उत्पादन हुने गर्छ । हामि सबैले अम्वा खाएकै छौ । अम्वाको सेबन गर्नाले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा पुर्याउछ ।
खाँदा अमिलो र गुलियो हुने अमला अम्बामा भिटामिन ए,बी तथा सी पाइन्छ । यसको सेबनले आँखा सम्बन्धी हरेक समस्या समाधान हुन्छ । यसको सेबन गर्नाले रतन्धोबाट बच्न सकिन्छ । अम्बा खाएमा पाचन प्रणली स्वस्थ हुन्छ । अम्बा मधुमेह रोगीको लागी पनि राम्रो मानिन्छ ।

अम्बाले नै भिटामिन सि को कमीलाई हटाउँछ । अम्बा गर्भवती महिलालाई निकै फाइदाजनक मानिन्छ । यसको पातको सेबनले पनि झाडापखाला निको पार्न सकिन्छ । अम्बाको पातमाऔषधीय गुण हुन्छ । झाडापखाला हुँदा ३० ग्राम अम्बाको पात र एक मुठी चामलको पिठोमा दुई गिलास पानी हालेर उमाली दिनको दुईपटक पिउँदा निकै सन्चो हुन्छ । क्यानडा नेपालबाट