अहिलेको सरकारले यसअघि एक वर्षको अवधिमा कसैले गर्न नसकेको काम गरेको छः प्रधानमन्त्री ओली

२ फाल्गुन २०७५, बिहीबार १४:३६

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले १० बर्ष भित्र नेपालले विकासको काँचुली फेर्ने बताउनु भएको छ । बिहीबार काठमाडौमा ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रमको घोषणा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कुरा बताउनु भएको हो । उहाँले अहिलेको सरकारले कानूनी, आर्थिक, संरचनागत, व्यवहारिक सबै हिसाबले बलियो जग तयार पारेको भन्दै यसले हजार तले घर पनि थाम्न सक्ने दावी गर्नु भयो । प्रधानमन्त्री ओलीले अहिलेको सरकारले यसअघि एक वर्षको अवधिमा कसैले गर्न नसकेको काम गरेको पनि दावी गर्नु भयो ।