अहिलेको उचाईंमा रहिरहन प्रधानमन्त्री ओलीले राजीनामा दिन उचितः भट्टराई

२६ बैशाख २०७७, शुक्रबार १८:३२
100

100
baburam

काठमाडौं , पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन आग्रह गर्नु भएको छ । शुक्रबारदेखि सुरु संसदको बजेट अधिवेशनलाई सम्बोधन गर्दै भट्टराईले अहिलेको उचाईंमा रहिरहन प्रधानमन्त्री ओलीले राजीनामा दिन उचित हुने बताउनु भएको हो । डा भट्टराईले प्रधानमन्त्री ओली अहिले राजनीतिको शिखरमा रहेकाले त्यहीँ रहिरहन सोच्ने बेला आएको कुरामा जोड दिनु भयो । देशको प्रधानमन्त्री सबैको अभिभावक भएको भन्दै भट्टराईले पार्टी फुटाउने जस्ता गम्भीर षड्यन्त्रमा लाग्नु ठूलो भूल भएको बताउनु भयो ।