अस्लिल भिडियो खिची एक करोड माग गर्ने दुई जना पक्राउ

७ कार्तिक २०७५, बुधबार १७:१०

एक व्यवसायीलाई अस्लिल भिडियो खिची डर धम्की देखाई एक करोड माग गर्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखा पालुङटार–८ का ३१ वर्षीय वद्रीनाथ लामिछाने, पाँचथर हिलिहाङ–४ की हाल काठमाण्डौ सामाखुसी बस्दै आएकी २५ वर्षीया ईन्दिरा उप्रेती रहेका छन् ।धम्की देखाईरहेको सूचनाका आधारमा वद्रीनाथलाई मंगलबार साँझ गौशालाबाट र ईन्दिरालाई बुधबार दिउँसो टेकुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ परेकी ईन्दिराले ललितपुर कुपण्डोलका व्यवसायीलाई सुरुमा फेसबुकमा निशा अधिकारी नामबाट साथी बनी उक्त व्यवसायीसं कुरा गर्दै जाँदा काम छ भनि उनको नम्बर मागेकी थिईन ।

नम्बर पाउनासाथ गत असार ३ गते अफिसमा भेट्न गई आफ्नो घर झापा बुधवारे  नाम ईन्दु बताउदै व्यवसायीले थाहा नपाउने गरि मोबाईलको क्यामेरा खुल्ला राखी आफूले अंगालो मारी चुम्बन समेत गरेको रेकर्ड गरि फर्किएकी हुन् ईन्दिरा त्यहाँबाट गएपछि गणेश लामाको नाम बताउदै एक व्यक्तिले निज व्यवसायीलाई इमो मार्फत फोन गरि सो भिडियोको रेकर्ड आफूसँग रहेको भन्दै एक करोड रुपैया रकम माग गरेका थिए । पैसा नदिए यूट्युब तथा फेसबुकमा राखििदनेभन्दै धम्काएका थिए । कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुरमा पठाईएको प्रहरीले जनाएको छ ।