असारसम्म पाइप लाइनबाट तेल

२१ चैत्र २०७५, बिहीबार १०:१२

अमलेखगञ्ज , नेपालमा पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउन निर्माण सुरु भएको मोतिहारी भारत आलेखगन्ज नेपाल पाइप लाइन निर्माणको कार्य तीब्र गतिमा भइरहेको छ ।

तर आगामी बैशाखबाट पाइप लाइन सुचारु गर्ने लक्ष्यसाथ काम भइरहेको भए पनि आगामी असारको मध्यसम्म मात्र त्यसले सार्थकता पाउने सम्भावना छ । त्यसमा पनि भारतमा हुन लागेको लोकसभाको निर्वाचनका कारण केही समस्या आउनसक्ने सम्भावना उत्तिकै छ ।

नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको संयुक्त लगानीमा निर्माणाधीन आयोजना अनुसार भारतको मोतिहारीबाट ६९।५ किलोमिटर लम्बाइको ३२।२५ किलोमिटर भारतमा र ३७।५ किलोमिटर पर्दछ तर भारतले नेपाललाई पहिलो चरणमा मोतिहारीबाट नभई पटनाबाट पाइप लाइनमार्फत पेट्रोलियम पदार्थ दिने भएको र पटना–मोतिहारी खण्डमा तीन किलोमिटर पाइप लाइन निर्माणमा अवरोध भइरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा केदार भट्टराईले लेखनु भएको छ ।