असारमा कालोपत्रे गरेर बजेट सक्ने पुरानो परिपाटी अब परिवर्तन गर्नु पर्छः मन्त्री महासेठ

१५ फाल्गुन २०७५, बुधबार १३:५८

काठमाडौं , भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले मातहतका निकायलाई असारे विकास नगर्न निर्देशन दिनु भएको छ । बुधबार संघीय संसद्को विकास तथा प्रविधि समिति बैठकमा मन्त्री महासेठले यस्तो निर्देशन दिनु भएको हो । असारमा कालोपत्रे गरेर बजेट सक्ने पुरानो परिपाटी अब परिवर्तन गर्नु पर्ने मन्त्री महासेठले बताउनु भयो ।
हाल सडक मर्मत, सम्भारको जिम्मा स्थानीय, प्रदेश र केन्द्र तहलाई गए पनि नेपाल सरकारको लगानी भएका सम्पूर्ण सडक मर्मतको जिम्मेवारीबाट मन्त्रालय पछि नहट्ने मन्त्री महासेठले बताउनु भयो ।