अवहेलना मुद्दा लगत्तै ढुङ्गेल पक्राउ

१४ कार्तिक २०७४, मंगलवार ०७:४८

कात्तिक १४, काठमाडौं । सर्वोच्च अदालतबाट जन्मकैद सुनाइएका बालकुृष्ण ढुङ्गेल ललितपुरको सातदोबाट पक्राउ परेका छन् । सर्वोच्चले सात दिनभित्र पक्राउ गर्ने दिएको आदेश कार्यान्वयन नगरेको भन्दै प्रहरी प्रमुख प्रकाश अर्यालविरुद्ध अदालतको अवहेलनाको मुद्दा परेसँगै उनी पक्राउ परेका हुन् ।

तर प्रहरीले भने यसको अझै पुष्टि गरेको छैन ।

नेकपा माओवादी केन्द्रका नेता समेत रहेका ढुङ्गेललाई ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्चले सर्वस्वसहित जन्मकैद फैसला सुनाएको थियो ।

२०६४ सालको संविधानसभा चुनावमा ओखलढुंगा २ बाट निर्वाचित भएका ढुंगेल सभासद रहेकै बेला दोषी ठहर भएका थिए । उनीसँगै सजाय तोकिएका पूर्वमाओवादी नेता पुष्कर गौतम अहिले जेलमै छन् ।