अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

११ श्रावण २०७६, शनिबार १५:०६

कालिकोट , शुभकालिका गाउँपालिका १स्थित कर्णाली राजमार्गमा गएराति पहिरो खस्दा अवरुद्ध कर्णाली राजमार्ग खुला भएको छ। हुल्म प्रहरी चौकी इन्चार्ज मिनबहादुर बमका अनुसार वर्षाका कारण गगनेमा गएराति पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग दिउँसोबाट खुलेको हो।

गगनेमा दैनिक रुपमा पहिरो खस्दा राजमार्ग अवरुद्ध हुने गरेको छ। आज पनि बिहानदेखि डोजर लगाएर बल्ल राजमार्ग खुला गरियो। जिल्ला प्रहरी कार्यलय कालिकोटका प्रमुख डिएसपी बिनोद शर्माले गगनेको पहिरोले बर्षायाम सुरु भएसँग दैनिक रुपमा राजमार्ग अवरुद्ध हुने गरेको बताए।