अर्थमन्त्री खतिवडाले राष्ट्रियसभा सदस्यको सपथ लिए

२५ फाल्गुन २०७४, शुक्रबार १०:४३

फागुन २५, काठमाडौं ।

अर्थमन्त्री युवराज खतिवडाले राष्ट्रियसभा सदस्यको सपथ लिएका छन् ।

राष्ट्रपतिबाट मनोनित खतिवडासहित रामनारायण विडारी र विमला पौडेलले जेष्ठ सदस्य तारादेवी भट्टसमक्ष सपथ लिएका हुन् । सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि सपथको बाटो खुलेको थियो ।

राष्ट्रियसभा सदस्य बनेपनि उनीहरुले राष्ट्रपति चुनावमा भोट हाल्न पाउने छैनन् ।

मतदाताहरुको अन्तिम नामावली प्रकाशन भइसकेको छ, जसमा उनीहरु छैनन् ।

यद्यपि, संघीय संसद् सचिवालयले सपथ लिएको जानकारी गराए बाधा अड्काउ फुकाउमार्फत मतदाता नामावलीमा नाम समावेश गर्न सक्नेछ ।