अर्थमन्त्रीको श्वेतपत्रले प्रहरी निराशः अत्याधुनिक भवन बनाउने योजना अलपत्र

१७ पुष २०७५, मंगलवार १०:११

काठमाडौँ – सरकारले साढे दुई अर्ब रुपैयाँ निकासा गर्न नसक्दा मुलुकको राजधानी सुरक्षा गर्ने महानगरीय प्रहरी परिसर र काठमाडौँ र अपराध अनुसन्धान महाशाखाले वास पालमै रहने भएको छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले १९ भदौ ०७४ मा काठमाडौँ परिसर र महाशाखाको अत्याधुनिक कार्यालय निर्माण गर्ने रामशाहपथस्थित कृषि बैंकपछाडि रहेको खाद्य संस्थानको ३२ रोपनी जग्गा नेपाल प्रहरीलाई दिने निर्णय गरेको थियो । तर, चुनावपछि बनेको सरकारले पूर्ववर्ती सरकारको उक्त निर्णय खारेज गर्यो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

पत्रपत्रिकाबाट