अर्जेन्टिनालाई जित्नै पर्ने दबाब, विश्वकपमा आज कुन देशविरुद्ध कुन ?

७ असार २०७५, बिहीबार ०६:५३

असार ७, काठमाडौं । एजेन्सी

रुसमा जारी विश्वकप फूटबल प्रतियोगितामा आज पनि तीन खेल हुँदैछन् ।

पहिलो खेलमा साँझ पौने ६ बजे समूह सीमा रहेका डेनमार्क र अस्ट्रेलिया आमने-सामने हुनेछन् ।

 

त्यसपछि पौने ९ बजे सोही समूहका फ्रान्स र पेरु भिड्नेछन् ।

 

समूह सीमा डेनमार्क र फ्रान्सले १-१ जित दर्ता गरेका छन् । फ्रान्सले अस्ट्रेलियालाई २-१ तथा डेनमार्कले पेरुलाई १-० ले पराजित गरेका थिए ।

 

यस्तै समूह डीमा रहेको साविकको उपविजेता अर्जेन्टिनाले आज क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समयअनुसार मध्यरातको पौने १२ बजे शुरु हुनेछ ।

 

पहिलो खेलमा आइसल्याण्डसँग १-१ को बराबरी खेलेको अर्जेन्टिना आजको खेल जित्नै पर्ने दबाबमा छ ।

क्रोएसियाले भने नाइजेरियाविरुद्ध जीत दर्ता गरेको थियो ।