अर्जेन्टिनाका मिडफिल्डर मास्चरानोले अन्तर्राष्ट्रिय फुटबलबाट लिए सन्यास

१७ असार २०७५, आईतवार ०७:५६

असार १७, काठमाडौं ।

विश्वकप २०१८ बाट बाहिरिएलगत्तै अर्जेन्टिनाका मिडफिल्डर जाभिएर मास्चरानोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् । उनले अबदेखि आफू अर्जेन्टिनाको फ्यान मात्रै रहने बताएका छन् ।

३४ वर्षे मास्चरोनोले राष्ट्रिय टिमबाट १४५ औं पटक फ्रान्सविरुद्ध खेले । सो खेलमा ४-३ गोल अन्तरले पराजित हुँदै अर्जेन्टिना प्रि-क्वाटर फाइनलबाटै बाहिरियो ।

 

बीबीसीकाअनुसार शनिबारको खेलपछि मास्चेरोनाले डिपोर्ट टिभीसँग भनेका छन्, ‘व्यक्तिगत रुपमा मेरालागि अब सबै पूरा भयो । अबदेखि म मात्रै थप भएको अर्जेन्टिनाको फ्यान हुँ ।’

 

२००३ मा सिनियर करिअर सुरु गरेका मास्चेरानोले लगातार चौथो पटक विश्वकप खेलेका थिए । उनी हाल चिनियाँ क्लबमा अनुवन्ध छन् ।