अमेरिकासँग वार्ता गर्न इरानद्वारा अस्वीकार

६ श्रावण २०७५, आईतवार १४:०२

साउन ६, काठमाडौं । एजेन्सी

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकासँग वार्ता गर्न अस्वीकार गरेका छन् ।

अमेरिकासँग वार्ता गरेर सम्झौतामार्फत् समस्याको समाधान खोज्ने कुरा जानीजानी गरेको गल्ती जस्तो हुने उनको भनाइ छ ।

इरानको आधिकारिक समाचार संस्था इर्नाकाअनुसार सर्वोच्च नेता खामेनीले अमेरिकासँग वार्ता गर्न चाहेका छैन्न ।

“अमेरिकासँगको मुख्य समस्या र विवाद भनेको इस्लामिक आन्दोलनसँगको हो, त्यो आधारभूत र मौलिक विषयमा सम्झौता गर्न सकिदैन, त्यसैले वार्ताको कुनै औचित्य छैन,” उनलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ ।