अमेरिकामा २४ घण्टामा २ लाख ६० हजार संक्रमित थपिए

२३ पुष २०७७, बिहीबार ११:२०

 

 

अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड १८ लाख नाघेको छ । गएको २४ घण्टामा २ लाख ६० हजार संक्रमित थपिएसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड १८ लाख नाघेको वल्डोमिटरले जनाएको छ ।

यस्तै ४ हजार बढीको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ६९ हजार नाघेको छ । अहिलेसम्म संक्रमित, मृत्यु र निको हुनेको दर अमेरिकामा सबैभन्दा धेरै छ ।

अमेरिकामा अहिलेसम्म १ करोड ३० लाख निको भएका छन् । २४ घण्टामा विश्वभर ७ लाख ८० हजारभन्दा धेरै संक्रमित थपिँदा अमेरिकामा मात्रै २ लाख ६० हजारमा संक्रमण पुष्टि भएको हो ।