अभिनेत्री भुमी अब अक्षय कुमारको नयाँ फिल्ममा

१९ मंसिर २०७६, बिहीबार १२:१५

एजेन्सी , अक्षय कुमार बलिउडका सदाबहार अभिनेता हुन् । धेरैजसो आफ्नो फिल्मका कारण चर्चामा आइरहने अभिनेता अक्षय कुमार पछिल्लो समय नयाँ फिल्ममा जुटिरहेका छन् । उनी एक पछी अर्को फिल्ममा ब्यस्त हुँदै गइरहेका छन् । केहि समयअघि उनको फिल्म हाउसफुल ४ ले पनि बलिउडमा निकै तहल्का मच्चायो ।

अब भने अभिनेता अक्षय कुमारले फिल्म निर्माण पनि शुरु गरेका छन् । भारतिय मिडियाका अनुसार उनले अब फिल्म बागमती निर्माण गर्ने भएका छन् । यस फिल्ममा बलिउड अभिनेत्री भुमि पेडेकर हुने बताइएको छ । फिल्ममा भुमि पेडेकर फिट हुने भएकोले उनलाई लिइएको बताइएको छ ।