अभिनेत्री करिश्मा मानन्धरले आज ४८औं जन्मदिन मनाउँदै

२१ माघ २०७६, मंगलवार १०:३९

काठमाडौं , आज नायिका करिश्मा मानन्धरको जन्मदिन । १९७२ फेब्रुअरी ४ तारिखका दिन उनको जन्म भएको थियो । यस आधारमा आज उनी आफ्नो ४८औं जन्मदिन मनाउँदैछिन् । नेपाली चलचित्र क्षेत्रमा करिश्मालाई सदाबहार नायिकाको रूपमा चिन्ने गरिन्छ । २०४२ सालमा बनेको ‘सन्तान’ चलचित्रबाट करिश्माले आफ्नो चलचित्र करियर सुरु गरेकी हुन् । त्यसबेला उनी १६ वर्षकी मात्र थिइन् ।

नेपाली चलचित्र क्षेत्रमा साढे तीन दशक बिताउँदा पनि करिश्माको लोकप्रियतामा कुनै कमी आएको छैन । उनले खेलेका दर्जनौं चलचित्र सुपरहिट भएका छन् ।