अभिनेता राजेश हमालका भाइ राकेशको निधन

७ श्रावण २०७७, बुधबार १८:१३

काठमाडौं , अभिनेता राजेश हमाललाई पारिवारिक शोक परेको छ। उहाँका भाइ राकेश हमालको भारतको नयाँ दिल्लीमा उपचारको क्रममा निधन भएको हो। कलेजोको रोगबाट समस्यामा रहेका राकेशलाई केही दिनअघि मात्रै उपचारका लागि दिल्ली लगिएको थियो। राकेशका श्रीमती र दुई छोरा छोरी छन्। उहाँको शव नेपाल ल्याउने विषयमा छलफल भइरहको पारिवारिक स्रोतले जनाएको छ।