अभिनेता रणवीर सिंह ताक्छन् दीपिका, दीपिका ताक्छिन् रणवीर कपुर !

२३ जेष्ठ २०७५, बुधबार ०८:४१

जेठ २३, काठमाडौं ।

बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह यसै वर्ष बिहे गर्ने भनेर व्यापक खबरहरु आएका थिए । उनीहरुको बिहेको सम्भावित तिथिसमेत सार्वजनिक भएको थियो । तर, पछिल्लो खबरअनुसार उनीहरुको बिहे अनिश्चित बनेको छ ।

रणवीर दीपिकासँग बिहे गरिहाल्न आतुर छन् । प्रेमिकालाई कसैले उछिट्याइहाल्ला कि भन्ने चिन्ता उनलाई छ । दुवै परिवार पनि बिहेका लागि राजी छन् । तर, दीपिकाले भने चाँडै बिहे नगर्ने जनाउ दिएकी छन् । उनले अझै केही समय करिअरमा फोकस हुन चाहेको बताएकी छन् ।

तर, खास कुरा भने अर्कै छ । यथार्थ के हो भने उनी अझै पनि रणवीर कपुरको ह्याङबाट बाहिर निस्कन सकेकी छैनन् । रणवीर कपुर र दिपिका डिप लभमा थिए । तर असमझदारीका कारण उनीहरु छुट्टएि । यद्यपि, अहिले पनि उनीहरुबीच राम्रो मित्रताको सम्वन्ध छ ।

रणवीर कपुरको हालको अवस्था :

ब्रेकअप भएको लामो समय बितेर अर्कैसँग प्रेममा रहे पनि दीपिकाले आफ्नो मनबाट रणवीर कपुरलाई निकाल्न नसकेको बताइन्छ । उनले गर्दनमा रणवीर कपुरको नाममा खोपेको टाटु पछिसम्म पनि मेटाएकी थिइनन् । रणवीर कपुर भने यतिबेला आलिया भट्टसँग रोमान्समा मस्त छन् ।

यता रणवीर सिंह भने दीपिकासँगको सम्वन्धमा अति सिरियस छन् । दीपिकाले धोका दिएको खन्डमा उनको बेहाल हुनेछ ।