अभिनेता अर्जुन रामपाल जेसियासँग डिभोर्सपछि नताशासँग सल्किए

२३ जेष्ठ २०७५, बुधबार ०९:०५

जेठ २३, काठमाडौं ।

बलिउड अभिनेता अर्जुन रामपाल श्रीमती मेहर जेसियासँग डिभोर्सपछि फुक्काफाल बनेका छन् । उनलाई नयाँ-नयाँ युवतीसँग चक्कर चलाउन बन्धन खुलेको छ ।

यसअघि अर्जुन र मेहरको डिभोर्स हुनुमा ऋतिक रोशनकी पत्नी सुजैनको हात रहेको चर्चा थियो । रामपाल लामो समयदेखि सुजैनसँग अफेयरमा थिए । तर अब उनी अर्कै युवतीसँग सल्केका छन् ।

मोडल नताशा स्टेनकोविकसँग रामपालको नयाँ अफेयर सुरु भएको हो । यद्यपि, कपियले उनीहरु पहिल्यैदेखि रिलेसनसीपमा रहेको हुन सक्ने अड्कल पनि काटेका छन् । नताशाले फिल्म ‘बादशाह’ को ‘डीजेबाले बाबु’ गीतबाट चर्चा कमाएकी थिइन् । यो गीत सुपरहिट भएपछि उनले थुप्रै प्रोजेक्ट हात पारेकी थिइन् ।

नताशा र अर्जुनको पहिलो भेट फिल्म ‘सत्याग्रह’ को सेटमा भएको थियो । त्यसपछि फिल्म ‘ड्याडी’ मा सँगै काम गरेपछि उनीहरु नजिकिएका थिए । उनीहरुको अफेयर ठ्याक्कै कहिले सुरु भयो भन्ने चाहिँ एकिन छैन । नताशा बिग बोश ८ कि सहभागी पनि हुन् ।

अर्जुन यसरी नताशासँग सल्किएपछि सुजैन भने घरको न घाटको बनेकी छन् । अर्जुनसँग लागेर उनले ऋतिक रोशनसँग डिभोर्स गरिन् । तर, अर्जुन अहिले उनीबाट टाढिएका छन् । कतिपयले चाहिँ ऋतिक र सुजैन फेरि मिल्नसक्ने अनुमान पनि गरेका छन् । यसको कारण हो डिभोर्स गरिसक्दा पनि उनीहरुबीच सुमधुर सम्वन्ध छ ।