अब सात वटै प्रदेशबाट श्रम स्वीकृति

२१ माघ २०७५, सोमबार १३:३२

काठमाडौं,  प्रदेश नम्बर १ को विराटनगरबाट पनि पुनः  श्रमस्वीकृति जारी हुने भएको छ। सबै प्रदेशमा श्रम स्वीकृति लगायतका सेवा विस्तार गर्ने क्रममा सरकारले बुधबारदेखि प्रदेश नम्बर १ बाट समेत सेवा आरम्भ गर्ने भएको हो।कार्यालय स्थापना गरिएपछि श्रम स्वीकृतिका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हट्नेछ। प्रदेशस्थित श्रम कार्यालयबाट पुनःतथा व्यक्तिगत श्रम स्वीकृति लिन सकिने मन्त्रालयले जनाएको छ।

विराटनगरमा रहेको श्रम तथा रोजगार कार्यालयमा सेवा आरम्भका लागि प्राविधिक तथा व्यवस्थापनको तयारी पूरा भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।