अब पुरुषका लागि पनि गर्भनिरोधक खोपको विकास

१७ मंसिर २०७६, मंगलवार १०:१२

भारतका वैज्ञानिकहरुले पुरुषका लागि गर्भनिरोधक खोपको विकास गरेका गरेका छन् । उनीहरुका अनुसार खोपमार्फत मेल कान्ट्रोसेप्टि गरिने यो विश्वमै पहिलो खोप हो । यो खोप इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च अर्थात आइसिएमआरले विकास गरेको हो ।

आसिएमआरका वैज्ञानिक डा.आरए शर्माका अनुसार यो खोप एक पटक लगाएपछि १३ वर्षसम्म काम गर्ने छ ।डा। शर्माका अनुसार खोप परीक्षण भारतको दिल्ली, हिमाचल प्रदेश, जम्मु, पञ्जाब र राजस्थानमा गरिएको थियो ।

उक्त परीक्षणमा सहभागी पुरुषहरु सबैको पहिला नै दुई बच्चा थिए । डा। शर्माका अनुसार आइसिएमआरले खोपको विकास र अनुशन्धान सन् १९८४ देखि नै गरेको थियो । खोपमा प्रयोग हुने पोलिमरको विकास प्राध्यापक एसके गुहाले विकास गरेका हुन् ।

गुहाका अनुसार अब यो औषधि स्विकृतिको लागि ड्रग कन्ट्रोल जनरल अफ इन्डिया (डिजिसिआइ) मा गएको छ । डिजिसिआइबाट अनुमति प्राप्त भएसँगै औषधि कम्पनीलाई औषधि बनाउन अनुमति दिनेछ । क्यानडा नेपालबाट