अपाङ्गता परिचयपत्र वितरण

९ माघ २०७५, बुधबार १२:२२

रुकुम, रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले पहिलोपटक अपाङ्गता परिचयपत्र वितरण शुरु गरेको छ । साविकको महिला तथा बालवालिका कार्यालय खारेज भइ स्थानीय तहलाई उक्त अधिकार प्राप्त भएपछि नगरपालिकाले पहिलोपटक अपाङ्गता परिचयपत्र वितरण कार्य शुरु गरेको हो ।

नगरप्रमुख देवीलाल गौतमका अनुसार नगरपालिकाले निर्माण गरेको कार्यविधि अनुरुप नै अपाङ्गता परियपत्र वितरण कार्य शुरु गरिएको बताईएको छ ।वितरण कार्य शुरु भएसंगै नगरपालिकाभित्रका ३१ जना अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र दिईएको गौतमले बताउनुभयो ।जसअन्र्तगत १२ महिला र १९ पुुरुषलाई विभिन्न वर्गको अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । नगरपालिकाले पहिलोपटक क बर्गको २, ख बर्गको ८, ग बर्गको १७ र घ बर्गको ४ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । नगरपालिकाले अबदेखी कार्यालयबाट हरेक महीनाको ६ गते अपाङ्गता परिचयपत्र समेत बितरण गर्ने जानकारी दिएको छ ।