अपरान्ह साढे ४ बजे बालुवाटारमा सर्वदलीय बैठक

३१ बैशाख २०७७, बुधबार १५:०४

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री ओलीले बुधबार अपरान्ह साढे ४ बजेका लागि सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाउनु भएको हो । प्रधानमन्त्रीका सञ्‍चारविज्ञ रामशरण बजागाईंका अनुसार यो बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ। भारतले अघिल्लो शुक्रबार लिपुलेकस्थित नेपाली भूमिको २२ किलोमिटर क्षेत्रमा अतिक्रमण गर्दै सडक बनाएपछि यसअघि नै नेपालले विरोध जनाइसकेको छ। यही विषयमा नेपालस्थित सबै दलबीच साझा धारणा बनाएर अघि बढ्न सर्वदलीय बैठक डाकिएको बजागाईंले जानकारी दिनु भयो ।