अपराधलाई निस्तेज पार्न समन्वय जरुरी गृहमन्त्री थापा

२८ आश्विन २०७५, आईतवार १७:४४

 

गृहमन्त्री रामबहादुर थापाले शान्ति र स्थायित्वका लागि समुदायको सहभागिता अपरिहार्य हुने बताएका छन् । प्रहरी प्रधान कार्यालय काठमाडौँमा आज आयोजित अन्तरक्रियामा गृहमन्त्री थापाले तीनै तहको समन्वय र समुदायसँगको सहकार्यमा मात्रै शान्ति र सुशासनको प्रत्याभूति हुने उल्लेख गरे ।

देशको समस्या भनेको शान्तिसुरक्षा र स्थायित्वलाई कसरी सुदृढ गराउने भन्ने हो अपराधलाई निस्तेज पार्न समन्वय जरुरी छ । प्रहरीले प्रस्तुत गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रम शान्ति सुरक्षा र स्थायित्वका लागि फलदायी हुने गृहमन्त्री थापाको विश्वास छ । उनले समुदायको साथ र संयुक्त साझेदारीले मात्रै स्थायित्व हुने उल्लेख गरे ।प्रहरीले ल्याउन लागेको संयन्त्र हरेक घटनाको निगरानी गर्न सक्षम हुने भन्दै सुशासन र सुरक्षा नभए राजनीतिक स्थायित्व र विकास पनि नहुने गृहमन्त्रीको भनाइ छ ।
गृहसचिव प्रेमकुमार राईले प्रहरीले ल्याएको अवधारणा पूर्णरुपमा कार्यान्वयन हुने हो भने शान्ति र सुरक्षा व्यवस्थित हुने बताए ।कार्यक्रम लागू गर्न छीटो मन्त्रालयले निर्णय गर्नुपर्छ भने गर्न तयार छ राईले भने ।

अर्का सदस्य डा।कृष्णप्रसाद ओलीले वातावरण प्रदूषण र साइबर अपराध चुनौतीका रुपमा खडा भएको छ भन्दै स्रोतसाधन र संरचना निर्माण गरेर समन्वयात्मक ढङ्गले लाग्नुपर्ने बताए ।