अन्सारी बाराबाट पक्राउ

२९ श्रावण २०७७, बिहीबार १०:४९

काठमाडौं , काठमाडौंमा साढे १४ किलो नक्कली सुनमा समेत जोडिएका जाली नोट कारोबारी इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन् ।

प्रहरीले अन्सारीलाई बाराको निजगढबाट पक्राउ गरेको हो । प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिहंले अन्सारीलाई पर्सा प्रहरीको विशेष टोलीले बाराबाट पक्राउ गरेको हो । उनलाई अनुसन्धानका लागि काठमाडौं ल्याइँदै छ ।

अन्सारी काठमाडौंको कमलादीबाट बरामद भएको भनिएको नक्कली सुन प्रकरणमा जोडिएका थिए । उनी फरार रहेको प्रहरीले जनाएको थियो । सुन प्रकरणमा इल्ताफकै बा६च ५५११ नम्बरको स्कार्पियो प्रयोग भएको थियो ।

काठमाडौंमा नक्कली सुन र हतियार बरामद प्रकरणका मुख्य नाइके पनि अन्सारी नै रहेको प्रहरीले निष्कर्ष निकालेको छ ।
उनकै योजनामा सबै घटना भएको प्रहरीको निष्कर्ष छ । उनी बाराका स्थायी बासिन्दा हुन् ।