अन्ततः सत्तारुढ दल नेकपाले पायो वैधानिकता

९ कार्तिक २०७५, शुक्रबार १७:०३

 

काठमाडौं–निर्वाचन आयोगले सत्तारुढ दल ‘नेपाल कम्युनिष्ट पार्टी’ ने क पा लाई आधिकारिक रुपमा वैधानिकता दिएको छ । ऋषि कट्टेल समूहको नेपाल कम्युनिष्ट पार्टीले आफू आधिकारिक रहेको र सत्तारुढ दलले आफ्नो नाम कीर्ते गरेको आरोप लगाउँदै निर्वाचन आयोगमा उजुरी गरेको थियो ।

दुई दलबीचको नामको आधिकारिताको विषयमा विवाद भएपछि आयोगले दुबै पक्षलाई बोलाएर छलफल शुरु गरेको थियो । आयोगले यसबारे शुक्रबार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ने क पा लाई वैधानिक दिने निर्णय गरेको हो ।

यो विषयमा निर्णय गर्न प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुको संलग्नतामा निर्वाचन इजलास गठन भएको थियो । उक्त इजलासले बहस सुनिसकेपछि ऐन, कानुन हेरेर तथा कानुनी परमर्श गरेर निर्णय गरेको हो ।

बहसमा सत्तारुढ नेकपाका तर्फबाट मुक्ति प्रधान र बाबुराम दाहाल सहभागी थिए भने ऋषि कट्टेल अध्यक्ष रहेको नेकपाबाट कट्टेल सहित दण्डपाणि पौडेल र लोकनारायण सुवेदी सहभागी थिए । ऋषि कट्टेल अध्यक्ष रहेको नेकपाले हालेको निवदेन खारेज भएको छ ।