अनौठा मानिस, जसले दैनिक खान्छन् साँढे दुई किलो खुर्सानी

१६ माघ २०७६, बिहीबार १५:४०


काठमाडौं , धेरै मानिसहरु खुर्सानी खाने भनेपछि पछि नै हट्छन् । मिठो खानामा खुर्सानी हालिएको छ भने खान पनि समस्या नै पर्छ । खुर्सानी हालेको पिरो खानेकुरा खाँदा आखाँबाट आशु नै आउँछ । तर बिश्वमा यस्ता व्यक्ति पनि छन् जसलाई खुर्सानी खाने शौख छ ।

चीनको झेंगझोउमा बस्ने यी व्यक्तिले दिनमा साँढे दुई किलो खुर्सानी खाने गर्छन् । योंग्झी ब्यक्तिले आफ्नो घरमा धेरै थरीथरीका खुर्सानी रोपेका छन् । त्यहाका स्थानीयले उनलाई चीली किंग ले पनि बोलाउने गर्छन् । उनले घरमा प्रशस्त खुर्सानी रोप्न थालेको १० बर्ष भइसकेको छ । उनी बिहानै मुख धोएर खुर्सानी नै खान्छन् । उनले आफुलाई खुर्सानी खान निकै मन पर्ने बताउछन् । क्यानडा नेपालबाट