अनेरास्ववियुका दुई नेता पक्राउ

१४ आश्विन २०७५, आईतवार १६:१९

 

काठमाडौं– प्रवेश परीक्षाको प्रश्नपत्र आउट गरेको आरोपमा लैनचौरस्थित अमृत साइन्स क्याम्पस अस्कलका अनेरास्ववियुका नेता कमलराज जोशी र प्रवीण अधिकारी पक्राउ परेका छन् ।

 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०को विशेष टोलीले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको बिएससी–सिएसआइटी विषयको प्रवेश परीक्षाको प्रश्नपत्र आउट गरेको आरोपमा पक्राउ गरेको हो ।

ताहचलस्थित महेन्द्ररत्न क्याम्पसबाट उनीहरू पक्राउ परेका हुन् । घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूले विद्यार्थीसँग लाखौँ रुपैयाँ असुलेर प्रश्नपत्र आउट गरेका थिए ।