अनुमति दिएपछि कट्रिना कैफको बायोग्राफी आउने

३० चैत्र २०७४, शुक्रबार १०:२१

चैत ३०, काठमाडौं ।

मिडियासँग त्यति धेरै खुल्न रुचाउँदिनन् बलिउड नायिका कटि्रना कैफ । निजी जीवनका बारेमा खुल्न नचाहने कट्रिना बायोग्राफी लेख्न तयार भएकी छिन् ।

केही भारतीय अनलाइनले उल्लेख गरेअनुसार अबको केही महिनामा उनको बायोग्राफी पाठकले पढ्न पाउने छन् ।

 

विगतमा कट्रिनाको केही नायकसँग नाम जोडिएको थियो । यसबारे बायोग्राफीमा पढ्न पाइने आशा पाठकले राखेका छन् ।

 

एक प्रकाशन गृहलाई उनले आफ्नो बायोग्राफी लेख्नका लागि अनुमति दिएकी छिन् । उक्त पुस्तकमा मोडलिङदेखि अभिनेत्री क्वीन हुँदासम्मका प्रसंग समेटिने छ ।

 

किताबमा पहिलो फिल्म बुमदेखि बार्बी डलका प्रसंग समेत समेटिने छ ।

 

उनलाई बायोग्राफी लेख्नका लागि पहिल्यैदेखि दवाव आएको थियो । तर, मानेकी थिइनन् । केही साथीहरुले सुझाव दिएपछि उनी राजी भएकी हुन् ।

 

कटि्रनाले आमिर खानसँग अभिनय गरेको ठग्स अफ हिन्दुस्तान र शाहरुख खानसँग काम गरेको जीरो प्रदर्शन हुन बाँकी छ ।