अनलाइन कक्षा बन्द गर्न माग

२५ बैशाख २०७७, बिहीबार १४:४४

काठमाडौं , अनेरास्ववियु (क्रान्तिकारी) ले कक्षा १ देखि ९ सम्मको अनलाइन कक्षा बन्द गर्न माग गरेको छ । अनेरास्ववियुले बिहीबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सो माग गरेको हो ।

लकडाउनमा विद्यार्थी भर्ना गर्ने बाहना बनाइएको र आधारतभूत तहमा अनलाइन कक्षा प्रभावकारी नहुने भन्दै अखिल क्रान्तिकारीले अनलाइन कक्षा सञ्चालन नगर्न आग्रह गरेको छ ।

विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी उपत्यका विशेष क्षेत्रीय समन्वय समितिका संयोजक हर्कबहादुर बिकले जारी गरेको विज्ञप्तिमा उक्त कुरा उल्लेख छ । यस्तो छ विज्ञप्ति