अध्यक्षमा जितेन्द्र श्रेष्ठ निर्वाचित

२४ पुष २०७५, मंगलवार १४:२५

सन्धिखर्क,  नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट नेपाल बिधुत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन अर्घाखाँचीको अध्यक्षमा जितेन्द्र कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

युनियन अर्घाखाँची वितरण केन्द्रको हिजो सन्धिखर्कमा सम्पन्न एकता भेलाले अध्यक्ष श्रेष्ठको नेतृत्वमा ११ सदस्यिय ईकाइ समिति सर्वसहमत गठन गरेको हो । एकता संगै बनेको इकाइ समितिको उपाध्यक्षमा भक्त बहादुर झेडि,सचिव रमेश भट्टराई,सह–सचिव अनिल कुमार चौहान र कोषाध्यक्षमा गिता शर्मा चयन हुनुभएको छ ।

युनियनका प्रदेश सल्लाहकार छबिलाल पन्थि,प्रदेश सदस्य भोलानाथ पाण्डे र प्रदिप परियारको सहजीकरणमा सम्पन्न भेलाले मेघराज खनाल,बिजेन्द्र चौधरी,मिरा क्षेत्री,शुशिला बि।सी।,रिता पौडेल र भोलानाथ महतोलाई सदस्यमा छनोट गरेको छ ।रमेश भट्टराईको अध्यक्षता र जितेन्द्र कुमार श्रेष्ठको सन्चालनमा सम्पन्न भेलाले साजन कुमार ऐडि,बिनोद के।सी।र जमुना रायमाझीलाई सल्लाहकार सदस्यमा चयन गरेको संस्थाले जनाएको छ ।