अधिंकाश पुल जीर्ण हुँदा किन मौनता साँधेर बस्छ् सरोकारवाला निकाय ? “बाराका पुलहरुको अवस्था नाजुक”

१३ पुष २०७४, बिहीबार ०९:५४

श्याम गुप्ता
पुस १३. बारा  । 
पूर्वपश्चिम राजमार्ग मुलुकको यातायात मेरुदण्ड मानिन्छ । दिनहुँ हजारौंको संख्यामा यातायात गुड्छन् ।

मुलुकको विकासको आधार बनेको यस राजमार्ग अन्तर्गत विभिन्न ठाउँका पुल अहिले जीर्ण बनेका छन् । ती भत्किने र भाँसिनाले यात्रु र चालकले सास्ती भोग्नु परेको छ ।  बर्सेनी पुल कै कारण यात्रुको बास सडकमा हुँने गरेको छ । पुलको आयु ५० देखि ६० वर्ष हुँने बताईन्छ र नियमित मर्मत गर्न सकिए आयु लम्बिने हो तर , समय समयमा मर्मत नगर्दा पुल जीर्ण बन्ने , भाँसिने खतरा बढी हुँन्छ भने , मर्मत गरेर पुल सञ्चालन गर्ने र नयाँ निर्माण गर्न नसक्दा भत्किने गरेको पाईएको छ ।

समय समयमा मर्मत नगर्दा पुल जीर्ण बन्ने , भाँचिने खतरा बढी हुँन्छ । मर्मत गरेर पुल सञ्चालन गर्ने र नयाँ निर्माण गर्न नसक्दा भत्किने गरेको पाईएको छ । सरकारले बलियो पुल निर्माणमा चाँसो दिनु पर्ने र प्रार्थमिक्तामा समेत राख्नु पर्ने देखिन्छ । यो राजमार्ग हुँदै दैनिक २ हजार ५ सय भन्दा बढी सवारी साधन मुलुकको विभिन्न सहर पुग्छन् । पुल भाँच्चिए पछि मात्र मर्मत गर्ने र बनाउँने चलनले गर्दा यात्रुले सास्ती खेप्ने गरेका छन् । राजमार्गमा धेरै यस्ता पुल छन् र पुल बलियो नहँुदा भाँचिएर र बिग्रिएर सास्ती खेप्नु पर्ने बाध्यता रहेको र भार बढी भएका सवारी साधन चलाउँनेको लापरवाहीले यस्ता समस्या बारम्बार दोहोरिने गरेको गाडी चालक भरत घिमिरेले बताए ।

मन्त्री , सभासद् , राजनीतिक दलका नेता यही जीर्ण र भत्किएको सडक भएर ओहोर दोहर गर्छन् तर , निर्माण तथा मरम्मत तर्फ कसैको ध्यान जान सकेको छैन । जड्डल बिच पर्ने यस सडकमा जनताको समेत निगरानी नहुँने भए पछि प्राविधिक र ठेक्केदारको मनोमानीका कारण निर्माण कार्य कमजोर भएको छ । ईस्टिमेट र बिलअफ क्वान्टिटीमा प्राविधिकले राम्रो , बलियो डिजाईन गरेपनि साईटमा खट्ने प्राविधिक ठेकेदारको आर्थिक प्रलोभनमा परे पछि निर्माण कार्य कमजोर हुँने गरेको बताईन्छ ।

३ नंम्बर पुलको अवस्था पनि त्यस्तै
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बारा र मकवानपुर जोड्ने बाराको महेन्द्रराजमार्ग अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिकाको अमलेखगंजमा पर्ने ३ नम्वर पुल उच्च जोखिममा परेको छ ।  मुलुकको विकासको आधार बनेको यस राजमार्ग अन्तर्गत रहेको ३ नंम्बर पुल अहिले जीर्ण बनेको छ । पूर्व पश्चिम राजमार्गको बिचै बिच बाराको ३ नंबर पुल ३ बर्ष अगाडि भाँसिएको पुल जस्ताको तेस्तौ छ , समय मैं मर्मत हुँन नसक्दा पुलको वेरिङकोटका छडहरु देखिएर कच्ची सडकमा जस्तै ठुला ठुला खाल्डा खुल्डी भए पछि दैनिक हजारौंको संख्यामा सवारी साधनहरुले सास्ती भोग्न बाध्य भएका छन् , र दुर्घटनाका सम्भावनाहरु पनि उत्तिकै रहेको छ ।   भत्किने र भाँसिनाले यात्रु र चालकले सास्ती भोग्नु परेको छ । सम्बन्धित तथा सरोकारवाला निकायको बेवास्ता गरेकै कारण असुरक्षित बन्दै गएको बाराको ३ नंम्बर पुल उच्च जोखिममा परेको छ ।

पुलको पुर्वि भागमा नयाँ फलामे डाईभर्शन पुल बनायता पनि बर्षातका बेला पुलमा चिप्लेने चालक बताउँ छन् । भत्किएको पुललाई समेत एक तर्फी बनाउँदा पुलमा यात्रा गर्दा भत्किने र भाँसिनाले डरले यात्रु र चालक त्रशित हँुने गरेका छन् । सरकारले समय मैं ध्यान नदिदा अहिले जोखिम माथि जोखिम थपिएको छ ।  स्थानीयहरुले सरोकारवाला निकाय प्रति आक्रोश पोख्दै समय मैं पुललाई मर्मत गर्नु पर्ने धारणा राख्दछन् । सरकारको करोडौंको पुलको नोक्सानसँगै पुल आस पासमा होटल व्यावसाय गर्दै आएका हमी स्थानीयको समेत घरबास उठ्ने हुँदा सरकारको ध्यान छिटो पुगोस् स्थानीयले बताए ।

“दिनँहु हजारौं सवारीसाधन गुड्ने पुलहरुको अवस्था नाजुक हुँदै  जादा जोकोहि सर्वसाधारणको मन खल्लो हुनु स्वाभिवक नै हो । जो दैनिक जस्तो सडक मार्गको प्रयोग गर्नु पर्ने नियतीमा छन् । अर्कोतिर सडक दुर्घटनाकै कारण अनाहकमा मृत्युवरण गरिरहेका ति तमाम निर्दोष अनुहारहरु र तिनका सन्तानको अवस्था सुखद छैन यतिखेर, जस्ले खाँउखाँउ र लाँउलाँउ भन्ने उमेरमा कतिले को-गुमाए कतिले-को ? यसरी जनताको मन दुखि रहँदा समेत चासो र चिन्ता नगर्ने हुन् या सडकको जिम्मा लिएरबसेका नै किन् नहुन् ?

ति निकायको उदासिनताले राज्यको हरेक क्षेत्रमा ढिलासुस्ती छ र त्यसको मारमा सर्वसाधारण नै परेका छन् भन्ने उदाहरण काफी छ ।

हो, मुलुकको लाईफलाईनकै रुपमा लिईने बारा -पथलैया सडक मार्ग होस् या पूर्वी नेपालका जुनसुकै शहरहरुलाई जोड्ने  राजमार्गहरुमा भएका लामा पक्कि पुल ।  ति पुलहरुको आयु दिनप्रतिदीन छोटिदा समेत पुनरनिर्माण गर्ने ठेक्का लिएर बसेकाहरुको जाँगर कमै चल्ने गरेको देखिन्छ, क्रमशः जीर्ण हुदै गएका पुलका सयौं समाचारलाई हेरेर त्यसै चुपचाप बस्ने परिपाटीको अध्ययन गर्दा ”

 

दुधौरा पुल पनि त्यस्तै छ
पथलैया निजगढ खण्डको दुधौरा पुलको एउटा पिलर भाँसिए पछि प्रहरीले आवागमनमा रोक लगाएको छ । पुल भाँसिएर बाङ्गिएको छ , भने जोखिम देखिए पछि यातायात सञ्चालन रोकिएको छ । पुल मर्मत गर्न केही समय लाग्ने भएकाले खोला प्रयोग गरी डाईभर्शन गरेर यातायात सञ्चालन भईरहेको छ ।  ३ बर्ष अघि पनि भाँसिएर अवरुद्ध हुँदै आएको सो पुल सडक डिभिजन कार्यालय हेटौंडाले २ बर्ष अघि रेक्टो फिटिङ्ग गरेर सञ्चालनमा ल्याएको थियो । दुधैरा पुलका कारण लामो समय सास्ती भोग्नु परेको थियो । बर्सेनी पुल बिग्रिएर सवारी साधन ठप्प हुँने गरेको छ । समय मैं निर्माण नभए सधैं झैं बर्षातमा यात्रुहरुले कयौं रात जंगल मैं बिताउँनु पर्ने निश्चित छ ।

बकैया पुल खतरामा
बाराको निजगढ नगरपालिका स्थित बकैया नदीको पुल भत्किने खतरा छ । रोडा ढुंगाको जथाभावी उत्खनन्ले गहिरिँदै जाँदा जगै देखिन थाले पछि पुल भत्कने खतरा बढेको हो । चौबिसै घण्टा व्यस्त पुल माथिबाट सवारी गुड्दा हल्लिने गर्छ । दुई वटा भन्दा बढी माल बाहक ट्रक पुल माथि पर्दा भूकम्प आए जस्तै थर्किने स्थानीयले बताए ।

स्थानीयले पटक पटक मर्मत तथा संरक्षणका लागि डिभिजन सडक कार्यालय हुँदै विभागसँग अनुरोध गरिसकेका छन् । विभागले पुल संरक्षणका लागि अल्पकालीन योजना बनाए पनि मर्मतका लागि दीर्घकालीन काम गरेको छैन । केन्द्रिय बजेट नपरेकाले समस्या भएको डिभिजन सडक कार्यालयले जनाएको छ ।

उत्खननले समस्या
मर्मतमा ढिलाईले असार पहिलो साता ‘डाईभर्सन’ बगाए पछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत अमलेखगंज खण्ड ७ घण्टा अवरुद्ध भयो । ३ नंबर पुल पार गर्न बनाएको डाईभर्सन भत्किएको थियो । राजमार्गमा सयौं यात्रु अलपत्र परे पछि खाली गाडीलाई पुलबाट वारपार गर्ने व्यवस्था मिलाईएको छ । समयमा मर्मत नभएकाले जोखिम मोलेर गाडी कटाउँने व्यवस्था गरिएको हो । ३ नंबर पुलको समस्या पुरानो भईसक्यो ।
निजगढको बकैया पुल अति जीर्ण छ । क्रसर व्यवसायीले जथाभावी ढुंगा उत्खनन गर्दा खम्बाको हात्तीपाईले (जमिनमुनि हुँने तल्लो भाग) समेत देखिएको छ । बकैया पुल नजिकबाट जथाभावी उत्खननले पुल जीर्ण बनेको स्थानीय दिनेस खतिवडाले बताए ।

साथै उनले पहिले भारी सवारी गुड्दा पुल हल्लिने र अहिले ढुंगा उत्खनन हँुन थाले पछि मान्छे कुद्दा पनि हल्लिने बताए । उनी भन्छन –कतिखेर ढल्छ थाहा छैन । सडक डिभिजन कार्यालय हेटौंडामा भएकाले स्थानीयको पहुँचमा छैन । ३ सय ५५ मिटर लामो पुल जोखिममा छ । एउटा पुल भाँसिना साथ राजमार्ग अवरुद्ध हुँने अवस्था रहेको छ ।

बढदो छ दुर्घटनाको जोखिम
पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बारा खण्डका पुल मर्मत नहुँदा जोखिम बढै गएको छ । तत्काल मर्मत आवश्यक रहेको प्राविधिक बताउँ छन् । पथलैया देखि निजगढ सम्मका अधिकांश पुल कमजोर भईसकेका छन् ।
गत वर्ष बाराको पथलैया निजगढ खण्डमा पुल भत्किएकाले लामो सय सम्म आवात जावत बन्द भएको थियो । धन्सार देखि हेटौंडा सम्मका एक दर्जन पुल जीर्ण छन् । ४४ वर्ष पुराना पुलको बल्ल मर्मत नहुँदै खिया लागेर जीर्ण छन् । खिया हटाउँने , नयाँ फलाम फेर्ने र रंगरोगनको जिम्मा पाएको सडक कार्यालयले नियमित मर्मत गर्न सकेको छैन ।

ट्राफिक र यातायात व्यवसायी संघको चिन्ता
राजमार्गमा धेरै यस्ता पुल छन् र पुल बलियो नहँुदा भाँचिएर र बिग्रिएर सास्ती खेप्नु पर्ने बाध्यता रहेको र बर्सेनी पुल बिग्रिएर सवारी साधन ठप्प हुँने गरेको छ । समय मैं निर्माण नभए सँधै झैं बर्षा याममा यात्रुहरुले कयांै रात जंगल मैं बिताउँनु पर्ने बधयता एका तिर छ भने , हरेक प्रकृतीका सवारी साधनहरु गुड्ने पुल यदि समय मैं मर्मत गर्ने तर्फ ध्यान नदिने हो भने , एक दिन ठुलै दुर्घटना निम्तिने निश्चित रहेको मध्य क्षेत्रिय ट्राफिक कार्यालय पथलैया बाराका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीले बताए ।

यता तराई यातायात व्यवसायी संघका महासचिव शंकर कुमार बिष्टले हाल सवारी साधन निर्वाद सञ्चालनमा रहेपनि संभावित दुर्घटनाको भय भएको र भार बढी भएका सवारी साधन चलाउँनेको लापरवाहीले यस्ता समस्या बारम्बार दोहोरिने गरेको बताएका छन् ।

मौन छ सम्बन्धित निकाय
हाल सवारी साधन निर्वाद सञ्चालनमा रहेपनि संभावित दुर्घटनाको भय स्थानिय बासीमा हुँन थालेको छ । मुख्य नाकाको रुपमा रहेको यो पुल यदि समय छँदैे मर्मत नगर्ने हो भने , देश भर चल्ने सम्पूर्ण यातायात सेवा लामो समय सम्म प्रभावित हुँने निश्चित छ ।  पुल प्रति सरोकारवाला निकायको मौंनता तथा हेलचेक्र्याईका कारणले गर्दा पुलबाट यात्रा गर्ने सबैले सास्ती भोग्न बाध्य छन् । हरेक प्रकृतीका सवारी साधनहरु गुड्ने पुल यदि समय मैं मर्मत गर्ने तर्फ ध्यान नदिने हो भने , एक दिन ठुलै दुर्घटना निम्तिने देखिन्छ ।