अञ्जु पन्तको नयाँ गीत ‘एक्लै छु म’ सार्वजनिक

२३ फाल्गुन २०७६, शुक्रबार १४:२५

काठमाडौं , लोकप्रिय गायिका अञ्जु पन्तको स्वरमा रहेको नयाँ गीत ‘एक्लै छु म’ सार्वजनिक भएको छ । प्रशान्त पौडेलको शब्द तथा सङ्गीत रहेको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको हो ।

देवेन्द्र पाण्डेको निर्देशन रहेको गीतको भिडियोमा अभिनेत्री वर्षा राउत र मोडल रामबाबु देखिएका छन् । उत्सव दाहालको छयाँकन रहेको भिडियोमा विकास दाहालको सम्पादन रहेको छ ।