अचम्मको होटल, जहाँ आफ्नो मृत्युको अनुभव गर्न पाइन्छ

६ बैशाख २०७५, बिहीबार १०:४०

वैशाख ६, काठमाडौं । एजेन्सी

यो होटलमा रात गुजार्नु भनेको वास्तवमै दुनियाँमा सबैभन्दा निडर बन्नु हो । किनकि त्यहाँ रात गुजार्दा मात्र थाहा हुन्छ, आखिर डर केलाई भनिन्छ ।

यो होटल एकजना सिरियल किलरको कथाबाट प्रभावित भएर बनाइएको होटल हो ।

उक्त होटलमा बास बस्ने जोकोहीले यस्तो डरको सामना गर्नुपर्दछ कि उसले सायद त्यस्तो त्रास जीवनमा पहिलोपटक अनुभूत गरेको हुनसक्छ । यो होटल यस्ता मानिसहरुका लागि बनाइएको हो, जसलाई डरको सामना गर्दा मज्जा आउँछ । त्यसैले त्यहाँ जानेहरु दह्रो मुटु भएको हुनैपर्दछ ।

त्यस होटेललाई १९ औँ सताब्दीको सुरुवाततिर मात्रै होटलको स्वरुप दिइएको थियो । बाहिरबाट हेर्दा यो निकै आलिशान लाग्दछ । त्यस समय अमेरिकामा एकजना सिरियल किलर निकै चर्चित थियो र ऊसँगै जोडेर यो होटल तयार गरिएको थियो ।

त्यस सिरियल किलरले होटलमा गएर मानिसहरुको हत्या गर्दथ्यो । सन् १८९१ देखि १९४९ को बीचमा झण्डै २ सय जनाको हत्या होटलको कोठाभित्रै गरिएको थियो । सोही कारण त्यस समय मानिसहरु होटलमा बास बस्न पनि डराउन थालेका थिए ।

उक्त हत्याराको नाम एचएच होम्स हो । उसको कथावस्तुमा आधारित केही फिल्म पनि बनेका छन् ।

सोही अमेरिकी हत्याराको झल्को दिनेगरी बेलायतको लण्डनमा उक्त होटलको निर्माण गरिएको हो । होटलभित्र कतिपय ठाउँ यस्ता तयार गरिएको छ कि मानिसहरुलाई लाग्छ कसैले मेरो हत्या गर्दैछ ।

यो होटलको नाम दी होलो होटल रहेको छ । बिस्कुट कारखाना रहेको पूरानो भवनमा यो डरलाग्दो होटल तयार गरिएको छ ।