९ वर्षिय क्रिष्टीनाको उपचार सहयोगमा परिवारको आग्रह

१ मंसिर २०७४, शुक्रबार ०९:०४

मन्जिल कन्दङ्वा
मंसिर १, काठमाण्डौ ।
विगत एक वर्ष अघिदेखि रक्तक्यान्सरवाट पीडित ९ वर्षिय बालिका क्रिष्टीना भण्डारीको उपचारमा सहयोग गरिदीन परिवारले आग्रह गरेको छ ।

 

 

काठमाण्डौं मैजुबहालस्थीत न्यू ईग्लीश स्कूलको कक्षा ५ मा अध्ययनरत भण्डारीको बोन म्यारो प्रत्यारोपण गर्न परिवारको आर्थिक अवस्थाले नपुग्ने भएपछि दाताले छोरीको उपचारमा सहयोग गरीदिन बुबा कृष्ण भण्डारीले आग्रह गर्नुभएको छ । हाल बानेश्वरको सिभील अस्पतालमा उपचार भईरहेको बालिकाको छिट्टै नै बोन म्यारो प्रत्यारोपण गर्नुपर्ने डाक्टर बिशेष पौडेलले वताउनुभएको छ । उपचारमा झण्डै ३० देखि ४० लाख पर्ने बोन म्यारो प्रत्यारोपणपछ मात्र बिरामीको अवस्था सुधार हुने डाक्टर पौडेलको भनाई छ । क्रिष्टीनाका उपचारमा सहयोगको लागी बाबु कृष्ण भण्डारीको मोवाईल नंम्वर ९८४१७५३९०७ मा सम्पर्क गर्न सक्नुहनेछ । कपिलवस्तु स्थायी घर भएका भण्डारी परिवार अहिल्य मैजुवहालमै वसोवास गर्दै आएको छ ।