२४ घन्टे सुरक्षा कारबाहीमा ९५ जना लडाकू मारिए

१० कार्तिक २०७४, शुक्रबार १५:४४

कात्तिक १०, काबुल । अफगानिस्तानमा पछिल्लोपटक भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ९५ जना लडाकू मारिएका छन् ।

 

देशभरी विभिन्न ठाउँमा भएको सुरक्षा कारबाहीका क्रममा ९५ जना जडाकू मारिएको रक्षा मन्त्रालयले शुक्रबार जनाएको छ । घटनामा परी अन्य आठजना घाइते भएका छन् भने ११ जना सुरक्षाकर्मीको नियन्त्रणमा रहेका छन् ।

 

गत २४ घन्टामा सुरक्षाकर्मीले आतंकबादीबाट केही विस्फोटक पदार्थ र हातहतियारसमेत नियन्त्रणमा लिएर नष्ट गरेको जनाइएको छ ।  अफगानिस्तानमा तालिबान नेतृत्वको हिंसा लामो समयदेखि जारी रहेकोले सरकारी सुरक्षा निकायले उनीहरु विरुद्धको सुरक्षा कारबाही पनि तीव्र पारेको जनाइएको छ । (रासस÷सिन्ह्वा)