१ सय ४५ मेगावाट विद्युत सम्झौता नविकरण अन्योलमा

पुस १२, काठमाडौं । आगामी १६ पुसमा खरिद सम्झौताको म्याद सकिने १ सय ४५ मेगावाट बिजुलीको नवीकरणमा भारतले चासो नदेखाए पछि विद्युत् आयात अन्योलमा परेको छ ।

नवीकरण’bout छलफल गर्न तय भएको नेपाल भारत ऊर्जा सचिव स्तरीय बैठक स्थगित भएपछि नेपाल विद्युत प्राधिकरण आफैंले नवीकरणका लागि भारतलाई पत्राचार गरेको थियो । तर पत्रको जवाफ नआएपछि विद्युत् संकट टार्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफैं भारत जाने भएका छन् । घिसिङले नवीकरणको पहलका लागि बुधबार (आज) भारत जान लागेको बताए ।

नेपाल र भारतका सचिव स्तरीय संयुक्त स्थायी समितिको बैठक स्थगन भएपछि विद्युत् प्राधिकरणले गत मंगलबार विद्युत् आयातको म्याद पुनः तीन महिना थप गर्न एमभीभीएनलाई पत्राचार गरेको थियो । उसले सो पत्रको जवाफ नपठाएपछि सम्झौता गर्न प्राधिकरणको उच्चस्तरीय टोली दिल्ली जान लागेको हो । पूर्ववत् सम्झौता अनुरूप नवीकरण नभए पुनः लोडसेडिङ हुने निश्चित छ । त्यस्तो विकराल अवस्था आउन नदिई अवस्थालाई सामान्यीकरण गर्न प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ आफैं भारत जान लागेका हुन् ।

प्राधिकरणका प्रवक्ता प्रवलराज अधिकारीले भारतीय पक्षसँग आवश्यक छलफलका लागि प्राधिकरणका तर्फबाट एउटा टोली भारत जान लागेको बताए । नवीकरणको म्याद सकिन लागि सकेकाले एक–दुई दिन भित्रै सम्झौता नवीकरणको पहल हुने उनले बताए । –राजधानी दैनिक


प्रकाशित | २०७४ पुष १२ प्रकाशित ०२:४८

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ