१३१ स्थानीय तहको मतपरिणाम सार्वजनिक

९ आश्विन २०७४, सोमबार ०७:०३

काठमाडौं, ९ असोज । गत असोज २ गते ८ जिल्ला अन्तर्गत १३६ स्थानीय तहमा सम्पन्न निर्वाचनको जारी मतपरिणाम अनुसार अहिलेसम्म १३१ तहको मतपरिणाम सार्वजनिक भएको छ ।

१ सय ३६ स्थानीय तहमध्ये अब ५ स्थानीय तहको अन्तिम मतपरिणाम आउन बाँकी छ भने बाँकी रहेका तहमा मतगणना जारी छ ।

नेपाली कांग्रेसले अहिलेसम्म ३८ स्थानीय तहमा विजय हासिल गरेको छ । यस्तै, नेकपा एमाले १७ तहमा विजयी भएको छ भने नेकपा माओवादी केन्द्र २१, संघीय समाजवादी फोरम २५, राजपा २४, लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल दुई र नयाँ शक्ति पार्टी नेपाल एक स्थानमा विजयी भएका छन् ।