१२९ स्थानीय तहको मतपरिणाम सार्वजनिक

८ आश्विन २०७४, आईतवार १६:११

काठमाडौँ ८ असोज । गत असोज २ गते निर्वाचन भएका प्रदेश नं २ का ८ जिल्लाका १३६ स्थानीय तहमध्ये १२९ स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी)बाट प्राप्त पछिल्लो विवरणअनुसार, स्थानीय तहको प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेस ३७, नेकपा (एमाले) १७, नेकपा (माओवादी केन्द्र) २१, राष्ट्रिय जनता पार्टी नेपाल २४, संघीय समाजवादी फोरम नेपाल २४, नेपाल लोकतान्त्रिक फोरम तीन, नेपाली जनता दल दुई र नयाँ शक्ति पार्टी नेपाल एक स्थानमा विजयी भएका छन् ।

बाँकी स्थानीय तहमा मतगणना जारी छ।