१२९ मतदानस्थलका मतपेटिकाहरु हेलिकप्टरबाट जिल्ला सदरमुकाममा ल्याउने तयारी हुदैं

११ मंसिर २०७४, सोमबार ०६:१०

मंसिर ११, काठमाण्डौं ।
हिजो सम्पन्न भएको ३२ जिल्लाको मतदानले निर्वाचनप्रति आम जनताको चासो र चिन्ता रहेको देखाएको छ ।


जसअन्र्तगत प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सम्पन्न भएका ३२ जिल्लाका २ हजार ९१७ मतदानस्थलमध्ये २ हजार ५७ मतदानस्थलका मतपेटिका सम्बन्धित जिल्लाका सदरमुकाममा लगिसकिएको बताईएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रले दिएको जानकारी अनुसार अब सदरमुकाममा ल्याउन बाँकी रहेकामध्ये १२९ मतदानस्थलका मतपेटिकाहरु हेलिकप्टरबाट जिल्ला सदरमुकाममा ल्याउने तयारी अन्तिम चरणमा रहेको बुझिएको छ ।

यसैगरी, अन्य ७४१ मतदानस्थलका मतपेटिकाहरु सडकमार्ग मार्फत जिल्ला सदरमुकाममा ल्याईदैं छ । आइतबार भएको मतदानमा ६५ प्रतिशत मतदान भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।