१२३ स्थानीय तहको मतपरिणाम सार्वजनिक

८ आश्विन २०७४, आईतवार ०६:२७

काठमाडौँ, ८ असोज । प्रदेश नं २ का ८ जिल्ला अन्तर्गतका १३६ स्थानीय तहमा भएको निर्वाचन मध्ये हालसम्म १२३ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरणअनुसार, स्थानीय तहको प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेस ३७, नेकपा (एमाले) १६, नेकपा (माओवादी केन्द्र) २०, राष्ट्रिय जनता पार्टी नेपाल २१, संघीय समाजवादी फोरम नेपाल २३, फोरम लोकतान्त्रिक तीन, नेपाली जनता दल दुई र नयाँ शक्ति नेपालका उम्मेदवार एक स्थानमा विजयी भएको छ ।

अब १३ स्थानीय तहको निर्वाचन परिणाम आउन बाँकी छ ।