११३ स्थानीय तहको परिणाम सार्वजनिक

७ आश्विन २०७४, शनिबार १५:४९

काठमाडौं, ७ असोज । गत असोज २ गते निर्वाचन भएका प्रदेश न.२ को ८ जिल्ला अन्तर्गत १३६ स्थानीय तहमध्ये हालसम्म १ सय १३ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

पछिल्लो प्रप्त घोषित अन्तिम नतिजाअनुसार कांग्रेसले ३४ स्थानमा जित हासिल गर्दै आफ्नो अग्रता कायम राखेको छ । संघीय समाजवादी फोरमले २२, यस्तै माओवादी केन्द्रले १९, राजपाले १९ स्थानमा जितहासिल गरेको छ भने एमालेले १३ स्थानको प्रमुख पदमा जित निकालेको छ ।

यसैगरी, नेपाल लोकतान्त्रिक फोरमले ३ स्थानमा जित हासिल गर्दा नयाँ शक्ति नेपाल, नेपाली जनता दल लगायतले ३ स्थानीय तहमा विजयी भएका छन् ।

यसैबीच, वीरगञ्ज महानगरपालिका र ३ उपमहानगरपालिका सहित २३ स्थानीय तहको नतिजा आउन बाँकी रहेकोछ । सप्तरीको राजविराज नगरपालिकाको मतगणना स्थगित भएको छ भने अन्य स्थानमा मतगणना भईरहेको छ ।

मतगणना भईरहका स्थानमध्ये ७ स्थानमा कांग्रेस, ६ स्थानमा माओवादी केन्द्र, ५ स्थानमा एमाले तथा राजपाले ३ र संघीय समाजवादी फोरम नेपालले २ स्थानमा अग्रता लिईरहेको छन् ।