हेर्नुस् तपाईको आजको राशिफल यस्तो छ

१ पुष २०७४, शनिबार ०५:३६

विं.सं.२०७४ साल पुस १ गते। शनिबार। इश्वी सन् २०१७ डिसेम्बर १६ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३८ थिंलागा। पौष कृष्णपक्ष। तिथि– त्रयोदशी, ७ः३६ बजेउप्रान्त चतुर्दशी। नक्षत्र– अनुराधा, २८ः ५१ बजेउप्रान्त ज्येष्ठा। योग– धृति, २७स्३२ बजेउप्रान्त शूल। करण– वणिज, ७ः३६ बजेदेखि भद्रा, २०स्२३ बजेउप्रान्त शकुनि। आनन्दादिमा अमृत योग। चन्द्रराशि– वृश्चिक। काठमाडौंमा सूर्योदय– ६ः४९ बजे, सूर्यास्त– १७ः०९ बजे र दिनमान २५ घडी ५१ पला। पौष संक्रान्ति। दिशिचह्रे पूजा।

मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । सन्तानबाट सहयोग मिल्नेछ । कुटुम्बको सहयोग मिल्नेछ ।

बृषः (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

घर व्यवहारमा फितलो आउन सक्नेछ । कार्य सम्पादनमा समस्या आउला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । व्यापार व्यसायबाट लाभ मिल्नेछ ।

कर्कट ः (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

सरकारी निकाएको भय रहला । साना–तिना समस्यामा अल्झिनुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

सिंह ः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

कार्य सम्पादनमा सहजता मिल्नेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । कार्य अधुरै हुनेछ ।

कन्या ः (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सामान हराउने वा चोरी हुने भयछ । स्वास्थ्यमा खरावी आउला ।

तुला ः(रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

दैनिक कार्यमा प्रगती हुनेछ । श्रमको उचित मुल्याङन हुनेछ । पशुपालन बाट सफलता पाईनेछ ।

बृश्चिक ः (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । साथीभाईसंग समय बित्नेछ ।

धनु ः (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । बैदेशिक कार्य अघी बढ्नेछ । बिश्वास गरेकाले साथ दिनेछन् ।

मकर ः (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

भौतिक साधन जुटाउने समय छ । विद्या र बुद्धिके विकास हुनेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ ।

कुम्भ ः (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

बैदेशिक कार्य अघि बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । न्यायिक कार्यमा सफलता पाईनेछ ।

मीन ः(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । शुभकायको चर्चा चल्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल