हेटौंडामा बिहानै राखेको सुतलीबम नेपाली सेनाको बम डिस्पोजल टोलीद्वारा निस्क्रिय

२० मंसिर २०७४, बुधबार ०८:४४

मंसिर २०, हेटौंडा।

हेटौंडा उपमहानगरपालिका–८ कमानेस्थित औद्योगिक क्षेत्रदेखि राईगाउँ जाने सडकमा अज्ञात समूहले बुधबार बिहानै राखेको सुतलीबम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय तुल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
भैंसेस्थित सुपारेटार ब्यारेकबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निस्क्रिय बनाउँदा कुनै मानवीय र आर्थिक क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए । उनकाअनुसार जिल्लाका ३२४ मतदान केन्द्रमा कुनै अप्रिय घटना  नभएको राससले समाचार लेखेको छ ।