हिमपातका कारण बन्द विद्यालय खुल्दै

९ फाल्गुन २०७७, आईतवार १७:३७

ताप्लेजङु । हिमपातका कारण बन्द रहेका ताप्लेजुङ विद्यालयहरू खुल्न थालेका छन् । फक्ताङलुङ गाउँपालिका–७ ओलाङ्चुङगोलास्थित महेन्द्र आधारभूत विद्यालयको पठनपाठन सुरु भएको छ ।

हिमपात सुरु भएसँगै पुस १५ गतेदेखि विद्यालय बन्द गरिएको थियो । विद्यालयका प्रधानध्यापक डिकबहादुर केसीले विस्तारै मौसम राम्रो हुदै गएपछि विद्यालय सञ्चालनमा आएको जानकारी दिए ।

यस्तै, फक्ताङलुङ गाउँपालिका–६ घुन्सामा पनि हिमपात सुरु भएसँगै घुन्सा आधारभू्त विद्यालय बन्द भएको थियो । पुस पहिलो सातादेखि नै बन्द सो विद्यालय फागुन १५ देखि पठनपाठन हुने तयारी रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख जयप्रकाश रिजालले जानकारी दिए ।