‘हारको जिम्मा काँग्रेस नेतृत्वले लिनुपर्छ’

२८ मंसिर २०७४, बिहीबार ०६:५६

तेजेन्द्र के.सी.

मंसिर २८, बुटवल ।
गुल्मीका चुनाव हारेका काँग्रेसका उम्मेदारले बुटवलमा पत्रकार सम्मेलन गरे । उनिहरुले हारको जिम्बेवारी पार्टि नेतृत्वले लिनुपर्ने बताए ।


नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नम्बर १  का उम्मेदार चन्द्र भण्डारीे र प्रदेश सभा उम्मेदार पृथ बहादुर फौदारले अहिलेको नतिजा आउनुमा मूल नेतृत्व जिम्मेवार रहेको बताएका छन् । आज बुटवलमा नेपाल प्रेस यूनिय रुपपन्देहीले गरेको पत्रकार सम्मेलनमा उनिहरुले आफुहरु गुल्मीको विकासको लागि कटिवद्ध भएको दावी गर्दे काग्रेसको नेतृत्वले राष्ट्रिय एजेन्डा उठाउन नसक्दा आफुहरु पराजित हुनु परेको गुनासो गरेका छन् ।

उम्मेबादर भण्डारीले जारी संविधान प्रति असन्तुष्टि व्यक्त गरेर भारतले नाकाबन्दी गर्दा पार्टीले त्यसको प्रतिवाद गर्न नसक्नु, पांच नम्बर प्रदेशका पहाडी जिल्ला टुक्रयाउने प्रस्तावमा समर्थन गर्नु र माओवादीका नेता कार्यकर्ता बाम गठबन्धनमा धेरै ईमान्दार बनेका कारण पनि नेपाली काग्रेसले हार व्यहोर्नु परेको र आफुपनि त्यसैको शिकार भएको उनको भनाइ छ ।

उनले घुमाउरो रुपमा काँग्रेस सभापती शेर बहादुर देउवाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए । भण्डारीले पार्टीका तत्कालिन सभापति सुशिल कोईरालालाई संविधान जारी गरेपछि पुनः प्रधानमन्त्रीमा उठाएपछि नै नेपाली काग्रेसको कमजोरीहरु शुरु भएको दाबि गरे ।उनले एमाले -माओबादीले बहुमतको मातमा कांग्रेसलाई कमजोर ठानेर अघि बढे बाम सरकारको आयु निकै छोटो हुने चेतावनी दिएका छन् ।
भण्डारीले अहिलेको निर्वाचन परिणामबाट कांग्रेस आत्तिनु नपर्ने बताए ।

‘कांग्रेसले चुनाव हारे पनि उसको शक्ति र क्षमता भने हराएको छैन,अब नयां शीराबाट पार्टी अघि बढ्छ’उनले भने । अबपनि नागरिकले चाहेजस्तो स्थीर सरकार नहुने उनको भनाइ छ । ‘बहुमतको मातमा बुद्धी नर्पुयाउने र कांग्रेसलाई सामान्य ठानी बाहिर राख्ने काम गर्नु हुदैन,नेता भण्डारीले नेपाली समाजमा बढी राजनीतिकरण गर्ने रोग लागेको र यसको सहि उपचारका रुपमा विकासको इन्जेक्सनलाई आफूले चुनावमा प्रयोग गर्दा पुरै फेल भएको बताए ।

उनले गुल्मीलाई नमूना जिल्ला बनाउनका लागि आफूले ४ बर्षको अवधिमा पुल, सडक र खानेपानीका आयोजना सञ्चालन गरेको बताउँदै गठबन्धनका कारण आफूले कम मत पाएको बताए । अर्का नेता पृथ बहादुर फौजदारले कांग्रेसको हारबाट कतिपनि बिचलिन नहुन कार्यकर्तालाइ आग्रह गरे । उनी गुल्मी क्षेत्र न १ क बाट प्रदेशसभाका पराजित उम्मेदबार हुन् ।