स्थिर सरकार र समृद्धिकालागि बामगठवन्धनः अध्यक्ष दाहाल

१ मंसिर २०७४, शुक्रबार ०७:०७

मंसिर १ ,  चितवन।

बामगठवन्धन स्थिर सरकार र समृद्धिका लागि बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको भनाई छ । आज चितवन क्षेत्र नं ३ को गीतानगर बजारमा गरिएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले चितवनमा आफ्नो उम्मेदवारी राष्ट्र र जिल्लाको समृद्धिका लागि भएको बताएका छन् । पहिलो संविधानसभा निर्वाचनमा विद्रोह र शान्ति जोड्नका लागि आफूले रोल्पा र काठमाडौँबाट उम्मेदवारी दिएको तथा दोस्रो संविधानसभा निर्वाचनमा मधेश र पहाड जोड्न सिरहा र काठमाडौँबाट उम्मेदवारी दिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक एजेण्डा सिद्धिएकाले अबको आफ्नो उम्मेदवारी राष्ट्रको समृद्धिका लागि भएको बताए । उनले बिपी र गिरिजाप्रसाद कोइरालाको सपना आफूले पूरा गर्ने भन्दै काँग्रेसले गणतन्त्र विरोधी गतिविधिमा लाग्नेको समर्थन गर्नु दुवै शीर्ष नेताको अपमान गर्ने काम गरेको बताएको राससले खवर लेखेको छ ।