स्टारको बच्चाले लागूपदार्थ सेवन गर्छन् भन्ने सोच गलत होः सुनिल सेट्टी

५ फाल्गुन २०७७, बुधबार ११:३९

काठमाडौं । बलिउड नायक सुनिल सेट्टीले स्टार किड्सको विरुद्धमा भैरहको प्रचारबाजीले आफूलाई चिन्तामा डुबाएको बताएका छन् । उनले एक भारतीय मिडियासँग कुरा गर्दै भनेका छन्–‘म आफ्नो बच्चालाई लिएर चिन्तित छैनँ । सामान्य रुपमा मलाई बलिउडमा काम गरिरहेका स्टारका सन्तानको बिषयमा चिन्ता उत्पन्न भएको छ । यो उद्योगमा काम गर्ने हरेक स्टारको बच्चाले लागूपदार्थ सेवन गर्छन् भन्ने सोच उत्पन्न भएको छ ।’

सुनिलले आफ्नो बाटोमा कहिल्यै पनि असफलता नआएको भन्दै कसैले पनि आफूलाई कुन बाटोमा हिड्ने भनेर भन्न नसक्ने बताए । उनले भने–‘कसैले मलाई फ्लप कलाकार भन्न सक्छ । तर, कसैले पनि मलाई यस्तै हुनुपर्छ भनेर सल्लाह दिन सक्दैन । सबैले आ–आफ्नो जिन्दगी बाँच्ने हो । मेरो बारेमा फैसला नदिएको नै राम्रो हुन्छ ।’

सुनिलले आफ्ना छोराको बलिउड प्रवेशको बिषयमा भने–‘मलाई लाग्छ कि मेरो छवि उसको कारणले प्रभावित हुनेछ । यदि उसले एक्सन गर्यो भने मानिसहरुले भन्नेछन् कि पिता त यति राम्रो काम गर्दैनथ्य, छोराले कोबाट सिकेका होलान् ? उससँग सुनको दिल छ ।’