स्टाइकर लियोन मेस्सीको गोलले मान्यता पाउन सकेन्

मंसिर ११, एजेन्सी ।स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाका स्टाइकर लियोन मेस्सीको गोलले मान्यता पाउन सकेन्।

मेस्सीको गोलले मान्यता पाउन नसकेपछि बार्सिलोना दोस्रो स्थानको भ्यालेन्सियासँग १–१ को बराबरीमा रोकियो। पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा ६० औं मिनेटमा भ्यालेन्सियाका रोड्रिगोले गोल गर्दै अग्रता दिलाए। १–० ले पछि परेको बार्सिलोनाका लागि भ्यालेन्सियाबाट आएका जोर्डी अल्बाले ८२ औं मिनेटमा बराबरी गोल गरे।   यो बराबरीले बार्सिलोनाको ला लिगामा अपराजित यात्रा कायम रह्यो। खेलमा स्टार स्ट्राइकर लियोनल मेस्सीले रोड्रिगोले गोल गर्नु अघि नै गोल गरेका थिए। तर रेफ्रीले मेस्सीको गोललाई मान्यता दिएनन्। मेस्सीले प्रहार गरेको गोलले लाइन पार गरेपछि भ्यालेन्सियाका गोलरक्षकले बल समातेका थिए।

आफ्नो गोलले मान्यता नपाएपछि मेस्सी रिसाएका थिए। बराबरीपछि पनि शीर्ष स्थानको बार्सिलोनाले चार अंकको अग्रता लिएको छ। उसको १३ खेलबाट ३५ अंक भएको छ। दोस्रो स्थानमा रहेको भ्यालेन्सियाको ३१ अंक छ।


प्रकाशित | २०७४ मंसिर ११ प्रकाशित ०६:०३

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ